वीर अस्पतालको लापरबाही : कर्मचारि युनियन् बाट आन्दोलनमा जान सक्ने चेतावनि

वीर अस्पतालको लापरबाही : कर्मचारि युनियन् बाट आन्दोलनमा जान सक्ने चेतावनि

काठमाडौं । देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल यतिखेर लथालिंग अवस्थामा छ । दिनहुँ वीरमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाईसमेत कोरोना संक्रमण हुदै गइरहेको छ । अहिलेसम्म ३० भन्दा बढी कर्मचारीलाई कोरोना पुष्टि भइसक्दा अस्पताल प्रशासनले  स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि व्यवस्थित क्वारेन्टिनको व्यवस्था नगरेको एक कर्मचारीले दुखेसो गर्नुभयो ।

अस्पतालमा जाइकाले बनाइदिएको एक फ्ल्याटलाई कोरोना संक्रमित राख्ने आइसोलेसन सेन्टर बनाइएको छ । अहिले ३५ जना संक्रमित त्यहाँ उपचाररत छन् । त्यहि भवनमा डाइलाइसिस र ग्याष्ट्रो विभाग समेत छ । यसरी कोभिड र ननकोभिड बिरामीलाई एउटै भवनमा राखेर उपचार गर्दा वीरमा कार्यरत धेरैजना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भइरहेको ती कर्मचारीको भनाइ छ ।

एक नर्सका अनुसार एउटा पञ्जा २० पटकसम्म धोएर लगाउनुपर्ने अवस्था छ ।

६५० बेड सहितको वीरको नयाँ भवन तयारी अवस्थामा छ, भएका स्रोत र साधनलाई सदुपयोग गर्नेतर्फ प्रशासनको ध्यान गएको देखिदैन,ती कर्मचारीले भन्नुभयो, प्रशासनको लापारबाहीका कारण संक्रमण फैलिरहेको छ, अब पनि प्रशासन जिम्मेवार भएन भने धेरै स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित हुनेछन्, धेरै साथीहरु राजीनामाको मनस्थितिमा पुगेका छन् ।

यसैगरी सोही अस्पतलामा कार्यरत एक नर्सका अनुसार एउटा पञ्जा २० पटकसम्म धोएर लगाउनुपर्ने अवस्था छ । प्रशासनले पर्याप्त मास्क, पञ्जा र पिपिइ नदिँदा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भइरहेको उहाँको भनाइ छ । चिकित्सक नर्सलाई कोरोना देखिएपछि अहिले वीरको धेरै वार्डहरु बन्द छन् । मुटु विभाग, मेडिकल रेकर्ड, प्याथोलोजी, एमआरआईजस्ता विभाग बन्द छन् ।

तिन हप्ता अघि वीर अस्पतालका स्वास्थ्यकर्मी पहिलो पटक कोरोना संक्रमित भए । इन्टरनल  मेडिसिन विभागका एक बरिष्ठ चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो । त्यसयता १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

५ चिकित्सक, २ नर्सिङ स्टाफ गरी १६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो । प्रशासनले क्वारेन्टिन व्यवस्थित नगरेको,आइसोलेसनमा राम्रो सेवा नपाएको र क्वारेन्टिनमा प्लास्टिकमा खाना दिने गरेको आरोप कर्मचारीहरुको छ ।

विर अस्पतालका कर्मचारी युनियनले सुरक्षित व्यवस्थानपको मापदण्ड पूरा गर्न प्रशासनसँग माग गरेको छ । अस्पतालको व्यवस्थापकीय कमजोरी र लापरबाहीले संक्रमणको जोखिम बढेको भन्दै युनियनले विज्ञप्ति निकालेर सुरक्षित व्यवस्थापनका मापदण्ड पूरा गर्न माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार